काठमाडौँ, १० फागुन । झापामा करिब हजार बिघा सरकारी जमिन अतिक्रमणमा परेको छ। स्थानीय तहका जनप्रतिनिधिले जग्गा अतिक्रमण भए पनि हटाउन नसकिएको बताएका छन् । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले कमल–५ स्थित सशस्त्र प्रहरी तालिम केन्द्रको दुई सय ५० बिघा जग्गा अतिक्रमण भएको बताइन्। उनले सशस्त्र प्रहरी बलको जग्गामा घर–टहरा बनाएर बसेका कारण हटाउन समस्या भएको…