भारतमा नेपालीलाई गोली हानी हत्या

सप्तरी, १ फागुन । ग्यारेजको कामका निम्ति भारतको झन्झारपुर गएका सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको गोली हानी हत्या गरिएको छ । बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै कामका लागि उक्त स्थान गई ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर गएका…