काठमाडौँ, १० पौष । प्रहरी हूँ’भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्र्यवहार गरी भाग्न…