काठमाडौँ, ४ पौष । बिहीबार बिहान ९ बजेर ३० मिनेट जाँदा सिन्धुपाल्चोकका सज्जन तामाङ वीर अस्पतालको टिकट काउन्टरबाट टोकन लिएर बस्नुभएको थियो । उहाँले टोकन लिएको ४५ मिनेटपछि टिकट काट्ने पालो आयो । टिकट काटिसकेपछि पेटसम्बन्धी परीक्षणका लागि ग्यास्ट्रो ओपीडीमा जानुभएका तामाङले १५ मिनेटको फरकमा डाक्टरकहाँ परीक्षण गराउनुभयो । डाक्टरले सल्लाह दिएअनुसार उहाँले अन्य परीक्षणसमेत गराउनुभयो तर उहाँलाई…