काभ्रेका चार हजारभन्दा बढीले पुनःनिर्माण अनुदान नपाउने

बनेपा, २६ माघ । काभ्रेपलाञ्चोकमा चार हजार १३३ परिवारले सरकारले उपलब्ध गराउने आवास पुनःनिर्माण अनुदान नपाउने भएका छन् । साविकको घर बस्नयोग्य भएको र अन्य ठाउँमा पनि सुरक्षित बासस्थान भएकाले उनीहरुले आवास पुनःनिर्माण अनुदान नपाउने भएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । यो पहिलो चरणमा आएको तथ्याङ्क हो…