चोरीका सुनका गहना र नगदसहित दुई जना पक्राउ

काठमाडौँ, ९ माघ । काठमाडौँको सेतोपुल क्षेत्रबाट चोरीका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ६ गते राति अन्दाजी १० बजेको समयमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले शङ्कास्पद अवस्थामा रहेका उनीहरूलाई पक्राउ गरेको हो । बा ६३ प ७०५५ नम्बरको स्कुटरमा सवार सङ्खुवासभाका ३७ वर्षीय केशव देवान र पाँचथरका २६ वर्षीय कमल लिम्बुलाई प्रहरीले…