भोजपुर, १९ मंसिर । अरुण गाउँपालिका-६ धाउखानीमा भाइले चिर्पट प्रहार गरेर दाजुको हत्या गरेका छन् । मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजुभाइबीच सामान्य विवाद हुँदा रिसको आवेगमा भाइ १८ बर्षीय डिक बहादुर राईले दाजु ४० बर्षीय सुवास राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । कुटपीटबाट घाइते भएका दाजु सुवासको घर मै…