काठमाडौँ, २८ बैशाख । वैदेशिक रोजागरीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–४ घर भएका ३४ वर्षीय सुदिपमान सिंह बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका–८ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ घर भएका गुमान सिंह तामाङ रहेका छन् । पक्राउमध्ये…