काठमाडौँ, ११ मंसिर । राजधानी काठमाडौंँमा मात्रै होइन, देशका ठूलाठूला सहरमा समेत अर्गानिक तरकारी तथा खाद्यान्न पाइन्छ भनेर थापिएका पसल छ्यापछ्याप्ती भेटिन्छन् । यस्ता पसलमा विशुद्ध अर्गानिक उत्पादन पाइने प्रचार गरिएको हुन्छ । वास्तविकता भने आधिकारिक निकायबाट यसको मापदण्ड नै नबनाई आफूखुसी अर्गानिक अर्थात् जैविक वस्तुको डङ्का पिट्ने गरिएको हुन्छ । खाद्य प्रविधि तथा गुण…