काठमाडौँ, ९ साउन । चितवनको भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ आज पनि नसकिएपछि साउन १२ गते बिहिबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । निर्वाचन आयोगकोतर्फबाट महान्यायधिवक्ता…