काठमाडौँ, १६ असोज । मनसुन लम्बिँदा यस वर्षको बडादशैँ हिले दशैँ हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन । “अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ”, मौसमविद् समिर श्रेष्ठले भन्नुभयो, “यतिखेर मनसुनको न्यून चापीय…