बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता

काठमाडौँ, १९ वैशाख । खोटाङमा तीन वर्षको निरन्तर प्रयासपछि इन्द्र बहादुरले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ, ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आएका ३६ वर्षीय इन्द्रबहादुर थापाले भने, ‘अब सबैभन्दा पहिले दुई छोराको जन्मदर्ता गरिदिन्छु, त्यसपछि उनीहरूको पढ्ने बाटो खुल्छ । नागरिकता दिलाउन सहयोग गर्ने सबैप्रति…