हेलिकप्टरबाट सुत्केरीको उद्धार

हुम्ला, २९ साउन । हुम्लाबाट एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पु¥याइएको छ । चङ्खेली गाउँपालिका ३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो । महिला मन्त्रालयसँग समन्वय गरेर उनलाई जिल्ला अस्पताल पु¥याएसँगै उक्त अस्पतालको चिकित्सक टोलीले शिशु जन्माउन सहयोग पु¥याएको…