समाचार

सांसद बस्नेतले भने– डेंगु रोग नियन्त्रणसरल र सहज तरिकाले गर्न सकिन्छ



भक्तपुर, ३० भदौ । पछिल्लो समय विश्वका धेरै मुलुहरुमा महामारिको रुपमा फौलिएको डेंगु रोग नियन्त्रणका लागि भक्तपुरमा सवै जनता, संघसंस्था तथा जनप्रतिनिधिहरु एकै ठाउँमा रही विभिन्न प्रकारका नियन्त्रणका विकल्प माथिको विकल्पको रुपमा अभियान नै सञ्चालन भइरहेको छ ।

हाम्रो प्रतिबद्दता नगर विकासमा सामुहिक सहभागिता मुल नाराको साथ कमेरोटार नगर बिकास संयोजन समाज, मध्यपुर थिमि वडा नं ५ भक्तपुरद्वारा डेंगु नियन्त्रण कार्यक्रममा संचालनमा ल्याएको छ । उक्त कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । जनताले विगतको लामो इतिहासमा जनप्रतिनिधिहरु निर्वाचित भए पश्चात जनताको दुःख सुखमा नआउने परम्परा रहेको तर वर्तमान समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भने त्यस्तो परम्परालाई टोड्दै जनताको दुःख सुखमा घरदैलोमा गई दुःख सुखको सारथीको रुपमा स्थापीत हुनुभएको भन्दै खुसी व्यक्त गरेका छन् ।
सांसद बस्नेतले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै डेंगु नियन्त्रण र सामाजिक दायित्व सबैले लिनु पर्ने र सरल तरिकाले पनि डेंगुको नियन्त्रण गर्न सकिने बताउनु भएको छ । किटनासक औषधि छर्ने मेसिनमा २० लिटर पानिमा, १ लिटर मट्टीतेल, आधा लिटर फिनेल राखेर मिक्स गरि टोलमा सबैले छर्किन उहाँले अनुरोध गर्नु भएको छ । साथै आफैंले छर्केर यो सरल र सहज प्रबिधिको समुद्घाटन समेत गर्नु भयो ।

भक्तपुरमा नै विगत केही समय अघि डेंगु नियन्त्रणको लागि नै गनको प्रयोग गरी औषधी छर्किने कार्य भएता पनि उक्त औषधीले मानव स्वास्थ्यमा असर पर्ने भएका कारण विकल्पको रुपमा मट्टीतेल, फिनेल र मेसिनको प्रयोग गरी आजको अभियान सुरु गरिएको हो । गनको प्रयोग गरी छर्किने औषधीले मानव स्वास्थ्यमा जसमा पनि विशेष गरी वालवालिका, वृद्धवृद्धा तथा विरामीलाई विशेष असर गर्ने भएकाले उक्त नया प्रविधिको प्रयोग गरिएको हो ।

उक्त कार्यक्रममा मध्यपुर थिमि नगर पालिकाका उप(प्रमुख अन्जनादेवी मधिकर्मी, कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष्य श्री खड्का लगायतका ब्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

बिध्यानगर टोल बिकास संस्था, आडामस ठिमी, गाँखु कमेरोटार टोल बिकास संस्था, विश्र्वेश्वर टोल बिकास संस्था, कैलास वार्चा टोल बिकास समिति र कमेरोटार बिकास संयोजन समाजका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।