काठमाडौँ, ३० भदौ । काठमाडौँबाट ४ महिला जुवाडे पक्राउ परेका छन् । शनिबार राति महानगरपालिका-६ महाङ्कालमा डेरा गरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका-३ की २८ वर्षीया रिता राई तामाङको कोठामा जुवातास खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुको साथबाट ६६ हजार १ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ…