सहायक वन अधिकृत घुससहित पक्राउ

बर्दिया, ७ भदौ । बाँसगढी सव डिभिजन वन कार्यालय वर्दियामा कार्यरत सहायक वन अधिकृत अनिलकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । शुक्रबार सहायक वन अधिकृत गुप्तालाई अख्तियारको टोलीले बाँसगढी नगरपालिका-७ देउडाकलाबाट १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेवापत सेवाग्राहीसँग घुस रकम मागेको सूचनाको…