टिपरको ठक्करबाट एक युवकको मृत्यु

काठमाडौँ, १२ असार । सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साइकल यात्री कबिलासी नगरपालिका -८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता)को मृत्यु भएको हो । सर्लाही लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले…