काठमाडौँ, १६ असार । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । सोमबार बिहान कावासोती–८, स्थित जङ्गलमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा देवदह नगरपालिका–७ का २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा पछाडि सवार ३३…