घूससहित इन्जिनियर पक्राउ

पोखरा, १७ असार । पोखराबाट घूससहित एक जना इन्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अख्तियार पोखराको टोलीले खानेपानी योजनासँग ४ लाख रुपैयाँ घूसलिदै गरेको अबस्थामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजाका आठौँ तहका इन्जिनियर ओसी अख्तर महम्मदलाई पक्राउ गरेको हो । खानेपानी योजनाको भुक्तानी गर्ने क्रममा महम्मदले उपभोक्तासँग उक्त रकम माग्दै आएका थिए ।…