काठमाडौँ, १० वैशाख । सरकारको निर्णयलाई सकारात्मक जनाउँदै मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले सरकार र मोर्चाबीच शनिबार भएको सहमतिअनुसार आजको मन्त्रिपरिषद् बैठकले त्यसलाई सम्बोधन गरेपछि आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । सरकार र मोर्चाबीच भएको तीनबुँदे भद्र सहमतिअनुसार…