झोलुंगेपुल प्रहरी बीटको पुनःनिर्माण सम्पन्न : दरवन्दी थप्ने काठमाडौँ प्रहरी प्रमुखको आश्वासन

काठमाडौँ, २६ जेठ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर अन्तर्गत कोटेश्वर प्रभाग मातहत रहेको कोटेश्वरको फुलबारी मार्ग, झोलुंगेपुलमा अवस्थित ‘झोलुंगेपुल प्रहरी बीट’ को पुनःनिर्माण सम्पन्न भई शनिबार उद्घाटन गरिएको छ । २०७२ बैशाख १२ को भूकम्पमा परि आंशिक क्षति भएको सो प्रहरी बीट काठमाडौँ महानगरपालिका ३२ नं वडाको आर्थिक सहयोगमा पुनःनिर्माण गरिएको हो । बीटमा एउटा…