सुनसरी, ७ वैशाख । धरान–इटहरीबिच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । दुर्घटना परि तीनजना घाइते भएका छन् । उनका अनुसार कारमा चालकसहित चार जना सवार…