भक्तपुरमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ, २२ चैत । भक्तपुरको जडिबुटीमा टिप्परको ठक्करबाट फेरि एकजनाको मृत्यु भएको छ । बिहीबार राति २ बजेतिर जडिबुटीको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमानका बालकृष्ण कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । तीनजना चढेको स्कुटरमा रहेका सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते हुनुभएको छ…