दुईतीन दिन मौसम बदली हुने : हावाहुरी सहित पानी पर्ने

काठमाडौँ, २१ चैत । अबको दुईतीन दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी मौसम विभागले जनाएको छ । आज देशभरको मौसममा बदली भएको छ । दिउँसो देशको पूर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…