दुई दिन मौसम बदली हुने : आज पानी पर्ने

काठमाडौँ, ११ चैत । उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम सोमबार बदली भई पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विषेशगरी सोमबार सुदूरपश्चिमका केही ठाउँ र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण सोमबार र मंगलबार देशभरकै मौसममा बदलीको सम्भावना रहेको छ । यद्यपी…