नगदसहित २३ जुवाडे पक्राउ

चितवन, ३ फागुन । प्रहरीले ९ लाख ३३ हजार नगदसहित २३ जुवाडेलाई चितवनबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बजे उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरु गोरखा, चितवन र तनहुँका भएको बताइएको छ ।