बाजुरा, ५ फागुन । एक सातादेखि बाजुराका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा अविरल वर्षासँगै परेको हिमपातले टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ । यस्तै हिमपातसँगै चट्याङले टावरमा क्षति पुयाएकाले प्रदेशमा मुगु दुई…