बुद्ध एयरको विमानमा चरा ठोक्कियो

काठमाडौँ, १३ मंसिर । पोखरामा अवतरणका क्रममा बुद्ध एयरको एउटा विमानमा आज चरासँग ठोक्किएको छ । काठमाडौँबाट पोखरा उडान भरेको बुद्धको ९एन–एओसी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो । चरा ठोक्किए पनि यात्रु र चालक दल सुरक्षित रूपमा अवतरण भएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका अनुसार, विमानको प्राविधिक परीक्षण जारी छ…