सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक बेपत्ता

भदौ १८, काठमाडौँ । बाह्रबीसेको सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तका ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छन  ।