बाटो चौडा गर्ने क्रममा पोल ढलेर एक जनाको मृत्यु

काठमाडौँ, २१ जेठ । ललितपुरको ठैबमा बाटो चौडा गर्ने क्रममा पोल ढलेर एक जनाको मृत्यु भएको छ ।  ललितपुर प्रहरीका अनुसार पोल ढलेर लाग्दा रमेश खड्गीको मृत्यु भएको हो । अहिले स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् । स्थानीयको विरोधका कारण बाटो अवरुद्ध भएको छ ।