भारतले हटायो गोलभेंडा निकासीमा लगाएको प्रतिबन्ध : किसानलाई राहत

साउन २२, पाँचथर। भारतद्वारा लगाईएको नेपाली गोलभेंडा निकासीमा प्रतिबन्ध हटेसँगै पूर्वी जिल्लाका कृषकलाई राहत भएको छ । नेपालबाट भारत निर्यात हुने सामग्रीको सूचीमा गोलभेंडा नरहेको भन्दै असार १४ देखि भारतले गोलभेंडा निर्यात हुन दिएको थिएन । पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुममा उत्पादित गोलभेंडा भारतीय बजारसम्म निकासी हुने गरेको छ । प्रदेश र संघीय सरकारको…