काठमाडौँ, १० मंसिर । ललितपुरको चापागाउँ दोबाटोमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ना.३ख ४७४५ नम्बरको ट्रक र बा.प्र ०२-०१९ प ६६८७ नम्बरको मोटरसाइकल आज बिहान एकआपसमा ठक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका-५ भत्केकोपाटी घर भएका २२ वर्षीय सुशान्त बस्नेत रहेका छन् ।…