काठमाडौँ, २५ पौष । जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान जाजरकोटको छेडागाड नगरपालिका-८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप दुर्घटना भएको हो । छेडागाड नगरपालिका-९ पजारुबाट थलह तर्फ आउँदै गरेको उक्त जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको थियो…