काठमाडौँ, २० चैत । काठमाडौँ बुधबार पनि विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको सूचकांकले विश्वका १२४ सहरमध्ये काठमाडौँ सर्वाधिक प्रदूषित भएको देखाएको हो । आइतबारयता लगातार काठमाडौँ यस सूचीको एक नम्बरमा छ । बुधबार बिहान ११ः३० बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २४२ पुगेको आईक्यू एयरको तथ्यांक छ…