कर्णालीले देशको अर्थतन्त्र मजबुत पार्ने क्षमता राख्दछ : राष्ट्रपति

जुम्ला, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताउनुभएको छ । चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको औँैल्याउनुभयो । कर्णाली क्षेत्र भाषा, संस्कृति, कलाको ऐतिहासिक भूमि हो नै, त्यसको अलवा दुर्लभ वनस्पति तथा…