काठमाडौँ, ६ भदौ । व्यवस्थापिका–संसद्बाट नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ पारित हुन सकेन । संसद्को हिजोको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । संशोधन विधेयक पारित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्या ५९२ को दुई तिहाइ ३९५ मत हुनुपर्नेमा पक्षमा ३४७…