काठमाडौँ, २० साउन । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरकारी तथा निजी अस्पतालमा मौसमी रुघाखोकी इन्फ्लुएञ्जा भई उपचारमा आउने बिरामीको लगत संकलन कार्य शुरु गरेको छ । यसका लागि महाशाखाले उपत्यकाका सबै सरकारी अस्पताल तथा केही निजी अस्पताललाई पत्राचार गर्दै दैनिक विवरण अनिवार्य महाशाखामा पठाउन निर्देशन दिइएको छ । देशका केही भागमा…