काठमाण्डौ १६ साउन । नेकपा एमाले स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष निवास भक्तपुर बालकोटमा आज बस्यो । बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा हिजो सर्वोच्च अदालतद्वारा जारी फैसलाको बारेमा विशेष प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव यसप्रकार छः गत वैशाख ३१ गते सम्पन्न भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा जेठ…