भक्तपुर, ५ साउन । पूर्वपर्यटन मन्त्री एवं नेकपा एमाले का नेता आनन्द पोखरेलले सत्तापक्ष र प्रतिपक्षका आआफ्नै अडानका कारण संविधान कार्यान्वयन अन्यौलमा परेको बताए । भक्तपुरबाट प्रकाशित हुने परिवर्तनशील आवाज साप्ताहिकको यहाँ आज आयोजित १०औँ वार्षिकोत्सव कार्यक्रममा उनले राजनीतिक अडानकै कारण आमनागरिकमा समेत अन्यौल पैदा भएको जानकारी दिए। सत्तापक्ष कुनै पनि हालतमा संविधान संशोधन गरेर…