संविधानबमोजिम नै १६५ निर्वाचन क्षेत्र कायम गरिने : प्रधानमन्त्री

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिने स्पष्ट पार्नुभएको छ । नेपाल इन्जिनियर्स एसोसिएसनको पच्पन्नौँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले २४० निर्वाचन क्षेत्र हुने हल्लाको भ्रममा नपर्नसमेत सबैमा आग्रह गने । प्रधानमन्त्री देउवाले आगामी मङ्सिरभित्रै तीनवटै तहको निर्वाचन सम्पन्न गरिने गृहकार्यमा सरकार जुटेको बताउँदै माघ ७ भित्र…