किसानलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्छ – अध्यक्ष दाहाल

काठमाडौँ, २२ असार । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कृषि क्षेत्रमा राज्यले पूर्णरुपमा लगानी गर्ने मात्रै नभई किसानलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्ने बताए । राष्ट्रिय किसान आयोगले यहाँ आज आयोजना गरेको ‘कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले कृषि क्षेत्रमा प्रविधिको प्रयोग, लगानीको मात्रामा वृद्धि तथा किसानलाई नै अधिकार प्रदान गरेर…