पाल्पा, १६ असार । रामपुर नगरपालिका– १ र १० मा नेकपा एमालेको पूरै समूह विजयी भएको छ । वडा नं १ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार मित्रलाल कँडेलले ७८५ मत ल्याई विजय भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कपिलबहादुर खाँणले ६२६ मत ल्याकाछन । सो वडाका वडासदस्यमा एमालेकै उम्मेदवार विजयी भएका छन् ।…