जाजरकोट, ३ असार । विश्वमै लोपोन्मुख सेतो गिद्ध यहाँ फेला परेको छ । दुई वर्षदेखि नदेखिएको गिद्ध बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको पक्षी संरक्षण सङ्घ नेपालका आजीवन सदस्य तथा जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले जानकारी दिनुभयो । भेरी नगरपालिका–११ मटेलामा सेतो गिद्धको केही समयअघि गुँड फेला परे पनि अनुकूल वातावरण नपाएपछि गिद्धले गुँड…