जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

दमक, १९ जेठ । जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा गएराति एकजनाको मृत्यु भएको छ । हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जनाएको छ । बिहान ३ बजेतिर जङ्गलमा च्याउ खोज्न गएका मेचेलाई हात्तीले कुल्चिएर मारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको…