काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी सबै मतदातालाई धन्यवाद दिएका छन । आजको मतदान सकिएलगत्तै अध्यक्ष थापाले प्रेस वक्तव्य जारी गरी निर्धारित समयमा निर्वाचन सम्पन्न गराएकामा सरकारको सराहना गर्दै मुलुकको समग्र आर्थिक विकास तथा प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउन सो निर्वाचनको ठूलो महत्व रहेको उल्लेख गरेका छन…