अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा

तनहुँ, ७ चैत । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गौलाका बिरामीको उपचारका लागि डायलासिसको परीक्षण सफल भएको छ ।  केन्द्रमा सञ्चालनमा ल्याउन लागिएको डायलासिस सेन्टरमा बुधबार एक बिरामीको डायलासिस परीक्षण गरिएको हो । डायलासिसको उपचार सेवा सञ्चालन गर्न स्वीकृति लिन गरिएको परीक्षण सफल भएको उपचार केन्द्रका कार्यकारी प्रमुख डा.ण् रामकुमार श्रेष्ठले…