पोखरा, २४ चैत । पोखरा–लेखनाथ महानगरपालिका वडा नं १६ लामाचौरमा जङ्गली च्याउ पकाएर खाँदा आज थप एक जनाको मृत्यु भएको छ । गत शनिबार जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएपछि बिरामी परेका आठ वर्षीय सोनम मगरको चरक मेमोरियल अस्पताल पृथ्वीचोकमा उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने…