काठमाडौँ, २१ फागुन । स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा शनिबार र आइतबार पोलियो थोपा खुवाइँदै छ । तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ । पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा…