अर्थ

फागुन २३ देखि २५ गतेसम्म प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेला हुँदै



काठमाडौं,१९ फागुन । प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेला हुने भएको छ ।

सुनसरी, मोरङ र झापामा पुष्प तथा आलंकारिक बोट विरुबाको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उद्देश्यले
मेला आयोजना गर्न लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

फागुन २३ देखि २५ गतेसम्म अमान बजार छाता चोक धरानमा आयोजना हुने मेलामा भएको छ । पुष्पको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिएको मेलाको नारा ‘घर आगन होस या नदी किनारा, रोपि स्वदेशी फूल विरुवा बनाऔ पुर्वाञ्चल हराभरा’ भन्ने रहेको छ ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल व्यवसायिकता तर्फ उन्मुख गर्न पुष्प तथा आलंकारिक बोट विरुबाको विकास, विस्तार, पहिचान एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि फ्लोरिकल्चर एशोसिएशन नेपालले आयोजना गर्दै आएको छ ।

पुर्वाञ्चल पुष्प व्यापार मेला २०७३ को उद्देश्य मुख्यतः पुर्वाञ्चलका मुख्य तीन जिल्लाहरु सुनसरी, मोरङ र झापाका पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु रहेको छ ।

हाल पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न सकिन्छ भन्ने फ्यानको बिस्वास छ ।

पुष्पको जातिय विकास संगै गुणस्तरिय उत्पादनले मात्र उपभोक्ता आकर्षित हुने हुदा पुष्प व्यवसायीहरुबीच प्रतिस्पर्धात्मक वातावरण सृजना गरिने भएको छ ।

प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।

यस्ता प्रतियोगिताले उत्पादकहरुको स्वच्छ प्रतिस्पर्धाको बिकास भई गुणस्तरिय फूल बिरुवाहरु उत्पादन गर्न सघाउ पु¥याउनुका साथै क्षमता अभिबृद्धि हुने छ ।

मेलामा व्यवसायिक स्टल १३, सूचनामुलक एक र प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल एकसहित जम्मा १५ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।

मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास लिएको बताइएको छ ।
फ्यानका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने जानकारी दिए ।
मेला र प्रदर्शनीको आयोजनाबाट प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको विकास, बिस्तार तथा प्रबद्र्धनमा महत्वपूर्ण सघाउ पुगेको बादेले बताए ।

नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाश तथा विस्तार संग संगै पुष्प व्यवसायको केन्द्र काठमाण्डौँ मात्र नभएर पोखरा, नारायणघाट, हेटौँडा, काभ्रे, विराटनगर, धरान, धनगढी लगायतका सहरहरुमा फैलदो स्थितिमा छ ।

आर्थिक बर्ष २०७२–७३ सम्म आई पुग्दा हाल ३९ जिल्लामा लगभग ६७५पुष्प फर्म÷नर्सरीहरु बिस्तार भईसकेको छ । लगभग १४७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१ हजार भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आ।ब। २०७२–७३ जम्मा एक अर्ब ३४ करोड भन्दा बढिको कारोबार गर्न सफल भएको छ ।

कृषिमा आधारित हाम्रो देश वातावारणीय विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पूष्प व्यवसायको विकास तथा प्रबद्र्धनको सम्भावना अझ बढीे छ ।

मेलामा १० हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै १० लाखको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।