चट्याङ लागेर ६० जनाको मृत्यु

नयाँ दिल्ली, ३० चैत । भारतको बिहार र उत्तर प्रदेशमा चट्याङका कारण ६० जनाको मृत्यु भएको छ । चट्याङ, आँधीबेहरी र वर्षाका कारण बिहारमा ३८ र उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले मृतकका परिवारलाई प्रतिपरिवार चार लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन् । यसैबीच उत्तर प्रदेशका…